हेटौंडामा स्कुटर दर्घटनामा गम्भिर घाइते भएका कार्यालय सहयोगि परिवारलाई एक लाख सहयोग

हेटौंडा टुडे
१४ कार्तिक २०७७, शुक्रबार २२:२१

हेटौंडा/हेटौंडामा स्कुटर दर्घटनामा गम्भिर घाइते भएका कार्यालय सहयोगि परिवारलाई एक लाख सहयोग  गरिएको छ । हेटौंडा अस्पतालमा कार्यालय सहयोगिका रुपमा कार्यरत हेटौंडा ११ थानाभ¥याङ निवासी उमेश रिजारको उपचारका लागि एक लाख रुपैयाँ सहयोग गरिएको हो ।            स्कुटर दुर्घटनामा टाउकोमा गम्भिर चोट लागेका रिजालको भरतपुरको पुरानो मेडिकल कलेजमा टाउकोको अप्रेसन समेत गरिएको छ । त्यसका लागि आर्थिक अभाब भएपछी हेटौंडा अस्पताल र मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी समेतले आज उहाँकी श्रीमती अनु रिजाललाई एक लाख रुपैयाँ सहयोग गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर हरिबहादुर खड्काले वताउनुभयो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा डाक्टर खड्का हेटौंडा अस्पतालका निमित्त प्रमुख डाक्टर रामचन्द्र सापकोटा, डाक्टर सुजाता पन्त, हेटौंडा अस्पताल कर्मचारी युनियनका तर्फबाट हिरा लामा लगायतकाको सहभागिता रहेको थियो । उहाँको उपचारका लागि अझै पनि सहयोगको आवस्यक्ता रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*