शनिवार बिहान मकवानपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा टुडे
१५ कार्तिक २०७७, शनिबार ०७:३१

हेटौंडा । मकवानपुरमा शनिबार बिहान थप १९ जनामा कोरोना भाईरसका संक्रमण पुष्टि भएको छ  ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंका अनुसार १२ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हेटौँडा–१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालामा गरिएको परीक्षणको शुक्रबार बिहान आएको रिपोर्ट अनुसार संक्रमण हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका गरि १७ जना, गढी गाउपालिकाका १ जना र हेटौंडा बस्दै आएका जितपुर सिमरा १जनामा कोरोना भाईरसका संक्रमण देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*