हेटौंडा १२ मा कौडा खेल्ने ८ जना नगद सहित पक्राउ

हेटौडा टुडे
१६ कार्तिक २०७७, आईतवार १६:०२

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले कौडा खेल्ने ८ जनालाई नगद सहित पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित आपधापमा कौडा खेल्ने ८ जनालाई नगद सहित पक्राउ गरेको हो ।

प्रहरीले कौडा खेलिरहेको सूचनाको आधारमा गएराति ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक देवराज काफ्लेकाको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूबाट कौडा,९ वटा मोबाइल र १ लाख ३० हजार ८ सय ४० रूपैया बरामद भएको छ । पक्राउ परेकाहरू हेटौँडा उपमहानगरपालिकाका विभिन्न वडा र मनहरी गाउँपालिकाका २८ देखि ४६ बर्ष रहेका छन् ।उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*