
हेटौंडा /बागमती प्रदेशको राजधानी हेटौंडाबाट पहिलो एचडी स्याटेलाइट टेलिभिजन प्रसारण हुने भएको छ । प्रसारणका लागि सूचना तथा प्रसारण विभागबाट अनुमती प्राप्त भइसकेको छ । २४ घण्टा प्रसारण हुनेगरी तयारी थालीएको हो । लामो तयारी पछि सर्बोत्कृष्ट मिडिया प्रालि द्वारा नेशनल गोल्ड स्याटलाइट टेलिभिजन संचालनमा ल्याउन लागिएको टेलिभिजनका प्रवन्ध निर्देशक उज्वल चौलागाईले वताउनुभयो ।
टेलिभिजनले प्रसारणका लागि अनुमती लिइसकेको छ । अब तीहार अघीनै प्रसारणमा ल्याउने तयारी थालिएको चौलागाईले जानकारी दिनुभयो । बिशेषगरी समाचार र समाचार मुलक कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले वताउनुभयो ।
अत्याधुनीक उपकरणको प्रयोग गरेर हेटौंडा र काठमाण्डौबाट एकैसाथ सञ्चालन गर्न लागिएको हो । करिव ५ करोड रुपैयाँ लगानीमा टेलिभिजन सञ्चालनमा ल्याउन लागिएको उहाँले वताउनुभयो । टेलिभिजनको मुख्य कार्यालय हेटौंडा र साखा कार्यालय काठमाण्डौमा रहने प्रवन्ध निर्देशक चौलागाई बताउछन् ।
यो पनि पढ्नुहोस

