बुधवार सुनको मूल्य बढ्दा चाँदीको भने घट्यो

टुडे संवादाता
१९ कार्तिक २०७७, बुधबार १२:३३

काठमाडौं/सोमवार स्थिर रहेको सुनको मूल्य मंगलवार ४ सय रुपैयाँले बढेको थियो । त्यस्तै बुधवार छापावाल सुन ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

तेजावी सुन पनि तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी भने मंगलवारको तुलनामा ५ रुपैयाँले घटेर १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*