
हेटौंडा/समान्यतया २० वर्ष भन्दा कम उमेरको लाई बालबालिका भन्ने गरिन्छ । २० वर्ष भन्दा कम उमेरमा बिहे गर्नु बाल विवाह भनिन्छ ।
यसै सन्र्दभमा (बुधवार) आज बिहान मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ गुरदुमडाडामा बालबिवाह हुनबाट रोकिएकोे छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ बस्ने १८ बर्षिया किशोर र बकैया गाउँपालिका वडा नम्बर ४ बस्ने १७ बर्षिया किशोरी बिच बालविवाह हुन लागेको मकवानपुरगढि गाउँपालिकाका अधिवक्ता रामशरण लामिछानेले जानकारी दिनुभयो ।
अधिवक्ता लामिछानेका अनुसार बकैया गाउँपालिकामा रहेको आफन्तकोमा पुगेका किशोरले १७ वर्षीया किशोरीसँग बालविवाह गरेको भन्ने खबर प्राप्त भएपछि बालविवाह रोक्न गाउँपालिकाले पहल गरेको हो ।
परिवार र साथीभाईले सम्झाउँदा पनि विवाह रोक्न नमानेपछि परिवारकै सदस्यले गाउँपालिकालाई बालविवाह रोकिदिन आग्रह गरेका थिए । बालविवाह गरेका किशोर सम्पर्कमा नआएको र किशोरीलाई भने हेटौंडास्थित बालहेल्पलाइनमा मनोसामाजिक परामर्शका लागि पठाइएको छ ।

