
हेटौंडा/१० लाख रूपैयाँ घुस रकम सहित हेटौंडामा एक ईन्जिनियर रगेंहात पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाल विद्युत प्राधिकरणको हेटौंडा -भरतपुर-बर्दघाट प्रसारण विस्तार आयोजनाका इन्जिनियर इश्वरी प्रसाद जैसवाल रहेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले जैसवाललाई प्रशारण लाइनको ठेकेदारसँग उक्त रकम घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
हेटौंडा–१० बसपार्क स्थित मेगा होटलबाट १० लाख घुस रकमसहित नवौं तहका इन्जिनियर जयसवाललाई पक्राउ गरेको जनाइएको छ । । इन्जिनियर जैसवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।


सेयर गर्नुहोस्