
हेटौंडा /मकवानपुरको बकैया गाउँपालिकामा वडा नम्बर ४ मा सामान्य विवाद हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा बकैया गाउँपालिका वडा नम्बर ४ बस्ने अन्दाजी २० वर्षिय बिकाश वाईबा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार एकै वडामा बस्दै आएका भिमराज भ्लोनले बिकाश वाईबालाई सामन्य विवाद हुदाँ घाँटीमा धारिलो हतियार प्रहार गर्दा शवको टाउको र शरीर छुटिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भिमरमज भोलन फरार रहेको र खोजि कार्य भईरहेको छ ।


सेयर गर्नुहोस्