हेटौंडा १८ हर्नामाडीमा दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
२१ कार्तिक २०७७, शुक्रबार १८:५०

हेटौंडा /हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा आज शुक्रवार सवारी दुर्घटना न्यूनिकरण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको छ । प्रहरी चौकी ठूलोदमार र अस्थाई ट्राफिक प्रहरी बिट हेटौंडा १८ को संयूक्त आयोजनामा सचेतना सम्बन्धि अन्तरकृया कार्याक्रम सम्पन्न भएको हो ।

स्थानिय स्तरमा आज विभिन्न क्षेत्रका व्यक्तीहरु भेला भई सवारी दूर्घाटना न्यूनिकरण सम्बन्धि विभिन्न विषयमा छलफल भएको थियो ।
वडा अध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सरोकारवालाहरुले ट्राफिक दुर्घटना न्यूनिकरणमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय सामुदायिक वन समूहका प्रतिनिधिले आफ्नो क्षेत्रमा ट्राफिक सचेतना अभिबृद्धिका लागि ट्राफिक सन्देशसम्बन्धी बोर्ड राख्न सहयोग गर्ने जनाएका थिए ।

अन्र्तक्रया कार्याक्रममा बोल्दै अस्थाई ट्राफिक प्रहरी बिट ठूलोदमारका ईन्चार्ज देवि प्रसाद देवकोटा

 

त्यस्तै कार्यक्रममा प्रहरी चौकी ठूलो दमारका इन्चार्ज प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद दाहाल र ट्राफिक प्रहरी बिटका हवल्दार देवीप्रसाद देवकोटाले दुर्घटना एवं अपराध न्यूनिकरणका लागि समुदायको सहयोग आवश्यक रहेकोमा जोड दिईएको थियो ।

कार्यक्रममा पूर्व गा.वि.स अध्यक्ष केशव पण्डित, गोरक्षनाथ मा.वि.का व्यवस्थापन समितिका अध्यक्ष शैलेन्द्र बानीयाँ, ज्योती मा.वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, नेकपा वडा कमिटी अध्यक्ष गोपाल थापा, प्रहरी चौकी ठूलो दमारका ईन्चचार्ज प्रहरी सहायक निरीक्षक विष्णु प्रसाद दहाल , नेपाली काँग्रेस वडा सभाापति राजेन्द्र बानीयाँ, स्थानिय टोल विकास संस्था, विभिन्न याताया ब्यवसायि नागरिक समाज, राजनितिक दल लगाएतको उपस्थिती रहेको थियो ।

 

अन्र्तक्रया कार्यक्रम

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*