कम्युनिष्ट नेता तथा पुर्व सांसद लामाको निधन

टुडे संवादाता
२३ कार्तिक २०७७, आईतवार १४:३०

हेटौंडा/मकवानपुरका कम्युनिष्ट नेता तथा पुर्व जिल्ला विकास समिति सभापति एवं पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ।दुवै मिर्गौलाले काम नगरेपछि काठमाडौंमा उपचार गराइरहेका पूर्व सांसद तथा तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य वीरबहादुर लामाको उपचारको क्रममा आज बिहान पाटन अस्पतालमा निधन भएको हो।

नख्खु जेल ब्रेकरको उप-नामले चिनिने लामा २०४९ सालमा मकवानपुर जिल्ला विकास समितिका सभापति भएको थिए भने २०५६ सालमा मकवानपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

२०३३ सालमा नख्खु कारागारमा रहेका लामा सहित सीपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायतका १५ जना नख्खु जेलबाट सुरुङ खनेर भागेका थिए। २०६२/०६३ सालको जनआन्दोलनपछि पुनर्स्थापित संसदको सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा भने तत्कालीन माओवादीका उम्मेदवार प्रेम बहादुर पुलामीसंग पराजित भएका थिए। जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र भएको विवादपछि अशोक राईको नेतृत्वमा लामा नेकपा एमालेबाट अलग भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*