हेटौँडाको युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज पुन संचालनमा

टुडे संवादाता
२६ कार्तिक २०७७, बुधबार ११:४९

हेटौँडा/ हेटौँडा औद्योगिक क्षेत्रमा रहेको युनिक शोप एण्ड केमिकल इण्डष्ट्रिज पुन संचालनमा आउने भएको छ । करिब २ बर्षदेखि बन्द अवस्थामा रहेको उद्योगलाई आजबाट पुन संचालनमा ल्याइएको उद्योगका संचालक एवम् उद्योग संघ मकवानपुरका सदस्य बुद्धराज अर्यालले जानकारी दिएका छन् ।

५ करोड लागतमा पुन संचालनमा ल्याइएको उद्योगले ‘सन्रे’ नामक भाँडा माझ्ने सर्फ, ‘उर्जा’ नामक कपडा धुने सर्फ, माँडा माफ्ने साबुन, कपडा धुने नाङ्गो साबुन लगायतका सामग्री मासिक ७ सय टनसम्म उत्पादन गर्ने लक्ष्य लिएको छ ।

उत्पादित सामग्रीलाई सुरुवाती चरणमा मकवानपुर, काठमाडौँलगायतका जिल्लाहरुमा बिक्रिवितरण गरिने र केही महिनाभित्रै बागमती प्रदेशभर बजार विस्तार गर्दै लैजाने जनाइएको छ ।

उद्योगमा १ सय ४५ जनाभन्दा बढीले प्रत्येक्ष रोजगारी प्राप्त गर्नेछन् भने अप्रत्येक्ष रुपमा करिब ५ सय जनाले रोजगारी प्राप्त गर्ने संचालक अर्यालले बताए ।

उद्योगमा केही नयाँ मेसिनहरु थप गर्नुको साथै विदेशी कम्पनीको तुलनामा राम्रो र सेवामुलक बनाइने र बजारको माग अनुसार उत्पादन तथा लागतमा समेत बृद्धि गरिने संचालक आर्यालको भनाई छ ।

आज एक कार्यक्रमकाबीच हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कंडेल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल र उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष नवराज अर्यालले रिबन काटेर उद्योगको विधिवत ढंगबाट उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा बोल्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख कंडेलले औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेका उद्योगहरु यसैगरी पुन संचालनमा ल्याउनुपर्ने र उद्योगीलाई विभिन्न तहका सरकार र अन्य निकायबाट सहयोग प्राप्त हुनुपर्ने बताए ।

त्यसैगरी उद्योग संघ मकवानपुरका अध्यक्ष पोखरेलले बन्द अवस्थामा रहेका उद्योगहरु संचालनमा ल्याउन सके मकवानपुरे जनतालाई रोजगारीको अवसर प्राप्त हुनुको साथै नेपाली बजारमा नेपाली कम्पनीबाट उत्पादित सामग्री बिक्रिबितरण गर्न सकिने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*