काठमाडौं /नेपालमा पछिल्लो २४ घण्टामा थप २५ सय ६९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमित संख्या २ लाख नाघेको छ । हालसम्म कुल २ लाख २ हजार ३२९ जना संक्रमित भएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा सो जानकारी गराइएको हो ।
पछिल्लो २४ घण्टामा १६ सय ६६ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै, हालसम्म संक्रमणबाट निको हुनेको संख्या १ लाख ६२ हजार २४३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा २६ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या अहिलेसम्म ११ सय ७४ पुगेको छ ।
सेयर गर्नुहोस्



















