
हेटौंडा/कोरोना भाइरस (कोभिड १९) संक्रमणका बीच बागमती प्रदेशको राजधानी हेटौंडामा आज किनमेल गर्ने मानिसहरुको चहलपहलमा बढदो रहेको छ । शनिबार आज कुकुर तिहार र लक्ष्मी पूजाको दिन हेटौंडाको मुख्य बजार क्षेत्रमा श्रद्धालु तथा उपभोक्ताको भीड बाक्लो रहेको छ ।
बजारमा खरिद बिक्रीका लागि पुगेका उपभोक्ता र व्यापारीले सामाजिक दूरी, मास्कको प्रयोग सही रुपमा नगरिएको देखिन्थ्यो ।
बजारमा बिहान फूलको माला, फलफुल तथा माटोको पाला (दियो) खरिदका लागि उपभोक्ता व्यस्त देखिए।
यसपटक सयपत्री फूलको मालाको खरिद बिक्री विगत जस्तो नभएको व्यापारीको भनाई छ ।
वडा प्रहरी,ट्राफिक प्रहरी र नगर प्रहरी माईकिङ्ग गर्दै सूरक्षाकर्मीहरु लागि परेको देखिन्छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय मकवानपुरले देउसी भैलो जस्ता सामूहिक परंम्परागत कार्यक्रम नगर्न सर्वसाधारणमा सूचना जारी गरेको छ।
हेर्नुहोस फोटो
।