मनहरी हत्याकाण्ड: दलित सञ्जाल मकवानपुरले बुझायो प्रहरीलाई ज्ञापन पत्र

टुडे संवादाता
७ मंसिर २०७७, आईतवार १५:१५

मकवानपुर/मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर —६ का अजय बिक (सुनार)को रहस्यमय मृत्यविरुद्ध दलित सञ्जाल मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई ज्ञापन पत्र बुझाएको छ । सञ्जाल मकवानपुरले आज जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानालाई ज्ञापन पत्र हस्तान्तर गरेको हो ।

संजालले यथाशिघ्र घटनाको सत्य तथ्य पत्ता लगाई अनुसन्धान गर्न जोडदार माग गर्दै ध्यानकार्षण गरेको दलित सञ्जाल, मकवानपुरका संयोजक राम वहादुर नेपालीले बताउनु भयो ।

२०७७ कार्तिक २५ गते अपरान्ह ४ वजे लडेर मृत्यु भएको भनेता पनि घट्नाको प्रकृति हेर्दा लडेर मात्रै नभई शंकास्पद रहेको संजालले जनाएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रहरी नायव उपरिक्षक रानाले कुनै पनि जघन्य घट्नाहरुमा नेपाल प्रहरी गम्भिर हुदै आएको र पिडितलाई न्याय दिनको लागि गृहकार्य गरिरहेको बताउनु भयो । विशेषगरि अल्पसंख्याक समुहहरु, पिछडिएका बर्गलाई पहिलो प्राथामिकतामा राखेर हेरिरहेको भन्दै छिटो नै सत्य,तथ्य पत्ता लाग्ने उहाँको भनाई रहेको थियो ।

 

 

हेर्नुहोस ज्ञापन पत्र

       मितिः ७ मंसिर २०७७

श्री प्रहरी निरीक्षक ज्यू

जिल्ला प्रहरी कार्यालय, मकवानपुर

वागमती प्रदेश, हेटौंडा

                                                          विषय : ज्ञापन पत्र

यहि मिति २०७७ कार्तिक २५ गते मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नं. ६ निवासी अजय विश्वकर्मालाई विहान करीव १० वजेको समयमा स्थानीय वासु उप्रेती भन्ने व्यक्तिले खेतमा काम गरी रहेको अवस्थामा खेतमा नै गै मोटर साईकलमा राखी अजयको घरमा ल्याएर पैसाको वण्डल सहित मनहरीको लोथर वजार तर्फ लिएर गएको, अपरान्ह ४ वजेको समयमा अजय विश्वकर्माको भाई गुणराज विश्वकर्मालाई लोथर वजारवाट यदु श्रेष्ठले फोन गरी तिम्रो दाजुको दुर्घटना भयो भन्ने जानकारी गराएको, निजका भाई लोथर वजार पुग्दा प्रहरीको सहयोगमा विरामी भरतपुर मेडिकल कलेज लगिएको र भोलि पल्ट विहान अजय मृत घोषणा गरिएको घटनाले हाम्रो सञ्जाललाई स्तब्ध एवम् मर्माहत बनाउनुको साथै गम्भिर ध्यानाकर्षण गराएको छ ।

 

घटनाको विषयमा वुझ्न हाम्रो सञ्जालका प्रतिनिधीहरु घटना स्थल र पीडित परिवारमा पुग्दा संगंै लिएर जाने वासु उप्रेती हाल सम्म सम्पर्कमा नआउनु, लोथर वजारको उत्तर तर्फको गाउँको छेउमा रहेको लोथर खोला किनारको घटना स्थलमा रगतका थोपाहरु भेटिनु, स्थानीयका अनुसार घटना स्थलमा अघिल्लो दिन पनि झगडा हुनु, यस घटना संग सम्वन्धित कोही पनि सम्पर्कमा नहुनु,मृतकको घडी, मोवाईल, पर्स लगायतका व्यक्तिगत सामान साथमा नहुनु, पीडित परिवारलाई रकम सहित मिल्न प्रस्ताव आउनु जस्ता तथ्यहरुले मृत्यु रहस्यमय भएको प्रष्ट हुन्छ । पीडितका तर्फवाट जाहेरी दिँदा जाहेरी दर्ता गर्न ढिलाई हुनु, पक्राउ पूर्जी जारी भएको धेरै दिन सम्म.अरोपी पक्राउ नपर्नुले पीडित परिवार झन पीडामा परेको छ ।.

यस घटना र मृतकसंग घटना भएको र सोको अघिल्लो दिन सम्पर्क र साथमा रहेका व्यक्तिहरु उपर अनुसन्धान गरी यथाशिघ्र घटनाको सत्य तथ्य पत्ता लगाउन जोडदार माग गर्दछौं ।

………..
राम वहादुर नेपाली
संयोजक दलित सञ्जाल, मकवानपुर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*