स्वाथ्य सुरक्षा पालना गर्दै कक्षा १२ को परिक्षा हेटौंडामा सुरु

टुडे संवादाता
९ मंसिर २०७७, मंगलवार ११:२९

हेटौंडा/आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ । कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट सुरु भएको हो । कक्षा १२ को परिक्षाको सुरुको दिनमा आज हेटौंडाका परिक्षा केन्द्रहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर परिक्षा गरिएको छ । आज अनिवार्य अग्रेंजी विषयको परिक्षा भएको हो ।

आजबाट सुरु भएको परिक्षाको बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले अनुगमन गर्नु भएको छ । उहाँले हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा स्कुलअफ म्यानेजमेन्ट, आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय र बंशगोपाल माध्यमिक विद्यालयमा सञ्चालन भएको परिक्षाको अनुगमन गर्नुभयो । आजबाट सुरु भएको परिक्षा विद्यार्थीले ढुक्कसंग दिएको र रोकीएको परिक्षा सुरु भएकोमा उत्साह पनि थपीएको मन्त्री दुलालले वताउनुभयो ।

अनुगमनका क्रममा प्रस्नपत्र अनलाइनबाट डाउनलोड गरेर प्रिन्ट गरेर वितरण गर्नुपर्ने हुँदा केही समस्या भएपनि अरु कुनैपनि खालका समस्या नभएको उहाँले वताउनुभयो । होम सेन्टरमै सञ्चालन भएका परिक्षा स्वाथ्य सावधानीका साथ काम गरिएको वताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डले देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थीहरुको परीक्षा भौतिक उपस्थितिमै लिन सुरु गरेको हो ।

बिहान ८ बजेबाट सुरु भएको परीक्षा साढे एक घण्टाको छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन सुरु गरेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ । सबै परीक्षा केन्द्रहरुमा पूर्णरुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइएको भन्दै ढुक्क भएर परीक्षा दिन बोर्डले आग्रह गरेको छ ।

शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले पनि घरमा रहँदा होस् वा परीक्षा केन्द्रमा आउ–जाउ गर्दा होस् कोभिडविरुद्धका मापदण्ड सही ढंगले पालना गर्न परीक्षार्थीहरुलाई आग्रह गरेका छन् । बागमती प्रदेशभरीका परीक्षार्थीहरुले आफ्नै विद्यालयबाट र जो जहाँ छ, त्यहाँको पायक पर्ने परीक्षा केन्द्रबाट परीक्षा दिन पाएका छन् ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले परीक्षामा सुरक्षाको प्रबन्ध मिलाएको छ । परीक्षा सन्चालनमा स्थानीय तहले सहयोग गरेका छन् । परीक्षाको अनुगमन र निगरानी गर्न बोर्डमा कन्ट्रोल रुमको समेत व्यवस्था गरिएको छ । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिने छ ।जनपत्र डटकमबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*