
हेटौंडा/दारी ग्याङ हेटौंडाले सडक बालबालिकाहरुलाई संरक्षण गर्दै आईरहेको संस्था मामाघर नेपाललाई सहयोग गरेको छ ।मंगलबार हेटौंडा ११ डाङडुङेमा रहेको मामाघर नेपालको परिसरमा पुगेर दारी ग्याङले सहयोग गरेको हो ।
दारी ग्याङले बालबालिकाहरुलाई खाना खाने थाल १८ वटा, पानी खाने बोतल र विभिन्न कार्याक्रमहरुको आयोजना गर्दा सहयोग पुगोस भनेर बत्ति बाल्ने पानस सहयोग गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा दारी ग्याङका मकवानपुर जिल्ला संयोजक अजित खड्कालगायत सदस्यहरु मामाघर नेपाल पुगेका थिए ।
बालबालिकाहरुका लागि २० थान पानी खाने बोतल हेटौंडा २ नम्बर वडामा रहेको माता लक्ष्मी सप्लायर्सका अमोद बस्ताकोटी सहयोग गरेका हुन् । २१ जना बालबालिकाहरु मामाघर नेपालको संरक्षणमा छन् ।


सेयर गर्नुहोस्