
हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने एक महिला कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
चितवनको भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ निवासी ५७ बर्षकी महिलाको उपचारको क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार ज्वोरो, खोकी र श्वासप्रश्वासमा समस्या भई गत मंसिर ५ गते अस्पतालमा भर्ना भएकी ती महिलालाई कोभिड आईसियुमा राखेर उपचार गरिएको थियो ।
उनको बुधबार राति ११ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ ।


सेयर गर्नुहोस्