हेटौंडा ४ पारिजातपथबाट नगदसहित १४ जना जुवाडे प्रहरीको फन्दामा

टुडे संवादाता
१२ मंसिर २०७७, शुक्रबार ११:५५

हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथबाट नगदसहित १४ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराति स्थानीय दिलबहादुर मोक्तानको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (प्रवक्ता) इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनीहरुलाई विशेष सूचनाको आधारमा पुगेको वडा प्रहरी कार्यालय र जिल्ला प्रहरीको संयुक्त टोलीले नगद ३ लाख ३२ हजार ८ सय रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेका उनीहरुको साथबाट १२ बुक तास र ३१ वटा कौडासमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद ५ को दफा १२५ अनुसार आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

यस्तो छ पक्राउ पर्नेहरुको पूरा विवरण ।

  • १.हेटौंडा उपमहानगरपालिका–४ का ३५ वर्षीय सुबास बर्तौला
    २.मकवानपुरगढी गाउँपालिका–७ का ४२ वर्षीय प्रतिमान रुम्बा
    ३.मकवानपुरगढी गाउँपालिका–७ का ३८ वर्षीय सुरजकुमार स्याङ्तान
    ४.हेटौंडा उपमहानगरपालिका–१४ का ४० वर्षीय लालबहादुर सुनार
    ५.इन्द्रसरोवर गाउँपालिकाका २५ वर्षीय लालबहादुर बर्लामी
    ६.मकवानपुरढी गाउँपालिका–७ का २९ वर्षीय सरोज घलान
    ७.काभ्रे जिल्लाका ३२ वर्षीय राजु तामाङ
    ८.हेटौंडा उपमहानगरपालिका–२ का ३२ वर्षीय सन्तोष विश्वकर्मा
    ९.मनहरी गाउँपालिका–४ का ४६ वर्षीय कुमार लामा
    १०.मकवानपुरगढी गाउँपालिका–७ का ३४ वर्षीय गौतम ल्हो
    ११.हेटौंडा उपमहानगरपालिका–१ का ४२ वर्षीय दिपक गिरी
    १२.हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का ५४ वर्षीय रामेश्वर दास
    १३.हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का ४३ वर्षीय श्याम सुन्दर बर्मा
    १४.बारा जितपुर सिमरा उपमहानगरपालिका–९ का ५० वर्षीय कृष्ण लामा ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*