हेटौंडा ११ त्रिभुवन माविको प्रधानाध्यापकमा नारायणप्रसाद भण्डारी नियुक्त

हेटौडा टुडे
१२ मंसिर २०७७, शुक्रबार २०:५४

हेटौंडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११, नवलपुरस्थित त्रिभुवन माविको प्रधानाध्यापकमा नारायणप्रसाद भण्डारी नियुक्त हुनुभएको छ । विद्यालय व्यवस्थापन समितिले मंसिर ७ गते प्रधानाध्यापकमा नियुक्तिका लागि सिफारिस गरेपछि शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले भण्डारीलाई मंसिर ८ गते प्रधानाध्यापकमा नियुक्त गरेको हो । प्रधानाध्यापक नियुक्त हुनुभएका भण्डारीले शुक्रबारबाट पदभार ग्रहण गर्नुभएको छ ।

यसअघिका प्रधानाध्यापक नारायणप्रसाद कँडेलले राजिनामा दिनुभएपछि रिक्त रहेको प्रधानाध्यापकको पदमा विद्यालय व्यवस्थापन समितिले नारायणप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो । २०६० सालमा शिक्षक सेवा आयोगबाट मावि तह अंग्रेजी विषय शिक्षकको स्थायी नियुक्ति पाउनुभएका भण्डारी लामो समय विद्यालय स्रोतव्यक्तिको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

अहिले मावि तह द्वितीय श्रेणीको शिक्षक भण्डारीले मकवानपुर जिल्लाकै पहिलो नमूना विद्यालय त्रिभुवन माविलाई सरोकारवाला सबैको साथ र सहयोगमा नमूना विद्यालयकै रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*