आज हेटौंडामा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा मोटरसाइकल र्याली हुने

टुडे संवादाता
१४ मंसिर २०७७, आईतवार १२:०२

हेटौंडा/आईतवार (आज) हेटौंडाको विभिन्न स्थानमा राजतन्त्र तथा हिन्दू राष्ट्रको पक्षमा र्याली तथा आमसभा हुने भएको छ । केही दिनदेखि देशका विभिन्न स्थानमा हुँदै आईरहेको बेला आज आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा पनि बृहत र्याली हुने भएको हो । पछिल्लो समय देशभर राजतन्त्र र हिन्दु राष्ट्रको पक्षर्मा याली र प्रदर्शन भइरहेको छ ।

२०४७ को संबिधान पुनः स्थापना अभियानको संयोजकत्वमा शिव सेना नेपाल, नेपाल हिन्दु समाजलगायत सम्पूर्ण स्वतन्त्र युवाहरुले स्वस्फुर्त रुपमा मोटरसाइकल र्याली निकाल्ने अभियानका युवा समिति संयोजक दिनेश लामा वाइबाले हेटौंडा टुडेलाई जानकारी दिनुभयो ।

राजासंस्था फर्काउन माग गर्दै आज साढे १२ बजे हेटौंडा ४ हुप्रचौरबाट र्याली निकालिने वाइबाले बताएका छन् ।

अब राष्ट्र र राष्ट्रियता जोगाउन देशमा राजसंस्था आवस्यक रहेको र युवाहरु सडकमा उत्रिनुपर्ने बेला भएको केहि युवाहरुको मत छ । उता राजाबादी संघ संगठनका युवाले पनि यस अभियानमा देशभरका नागरिकले स्तवःस्फूर्त रुपमा साथ दिएकाले राजसंस्था पुनर्वहाली भएरै छाड्ने बताउदै आएका छन् ।

हेटौंडामा ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ, गणतन्त्र मुर्दावाद’ जस्ता नारा लगाउदै नेपालको झन्डासहित स्वस्फुर्त रुपमा मोटरसाइकल र्याली निकालिने तयारी रहेको बताइएको छ ।

राजनीतिक अस्थिरता बढेपछि जनतामा राजतन्त्र नै ठीक हो भन्ने विश्वास देखिएको छ भने विगतका केही दिनदेखि देशका विभिन्न ठाउँहरुमा राजा र राजतन्त्रको समर्थनमा र्याली जुलुस निकालिंदै आइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*