राष्ट्रिय प्रजातन्त्रीक गठबन्धन (राजावादी) हरुको हेटौंडामा मोटरसाइकल ¥याली (फोटो फिचर)

टुडे संवादाता
१४ मंसिर २०७७, आईतवार १५:५७

हेटौंडा/बागमती प्रदेश राजधानी हेटौंडामा राजावादीहरुले बृहत मोटरसाइकल ¥याली गरेको छ । राष्ट्रिय प्रजातन्त्रीक  गठबन्धन ( एन डिए) को आयोजनामा २०४७ सालको संविधान पुर्नस्थापना का लागी हेटौँडामा मोटरसाइकल ¥याली सहित  प्रदर्शनको गरेको हो। एन डिए केन्दिय अध्यक्ष किसोरी महतोको नेतृत्वमा  हेटौँडा-४ हुप्राचौरबाट र्यालीको आयोजना गरिएको हो।  र्यालीले हेटौँडा बजार परिक्रमा गरेको छ।

मोटरसाइकल ¥यालीको क्रममा राजावादीहरुले २०४७ सालको संविधान पुनः स्थापना हाम्रो अभियानका अभियान्ताहरुको बृहत सहभागितामा नारा लगाएका थिए । ‘राजा आउ देश बचाउ’, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भन्दै नारा जुलुस लगाएका थिए ।

सो अवसरमा मोटरसाइकल ¥याली सहित युवा तथा महिला वृद्धवृद्धाहरुले नेपालको झण्डा बोक्दै पैदल यात्रा गरेका थिए । मोटरसाइकल, म्याजिक ¥याली तथा प्रदर्शनलाई सभ्य र सुरक्षा दिन चोकचोकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको थियो ।

हेर्नुहोस फोटो 

तस्विर सौजन्य सिधाखबर डटकम 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*