मनहरी ९ मा २ वर्षकी बालिका बलात्कृत

टुडे संवादाता
१९ मंसिर २०७७, शुक्रबार १५:०७

हेटौंडा/ मकवानपुरको मनहरी गाउपालिकामा वडा नम्बर ९ की २ वर्षकी बालिका बलात्कृत भएकी छिन् । बुधबार घरमा खेलीरहेको अवस्थामा सोही स्थानका हरिशरण गिरीले बलात्कार गरेका हुन ।

गएको १५ गते बालिकालाई घरमै चक्लेट दिने लोभ देखाएर बलात्कार गरेको पाइएपछि पिडित बालिकाको परिवारले इलाका प्रहरी कार्यालय मनहरीमा जाहेरी दर्ता गरेको मनहरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
बलात्कार गर्ने गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*