हेटौँडा-८ कोलोनीमा भेटिएको शव मकवानपुरगढिका सुवेदी

हेटौडा टुडे
२० मंसिर २०७७, शनिबार २१:१०

हेटौँडा/हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित  कोलोनिमा भेटिएको शवको पहिचान खुलेको छ । उक्त शव मकवानपुर गढी गाउँपालिकाका वडा नम्बर-६ का ५० वर्षीय सिताराम सुवेदीको भएको मकवानपुर प्रहरीले जनाएको छ।

३ दिन देखि घरबाट हराएको उनको मकवानपुरका विभिन्न संचारमाध्यममा मृत अवस्थामा फेला परेको फोटो सहित  समाचार आएपछि परिवारका सदस्यले मकवानपुर प्रहरीसँग समन्वय गरेपछि शवको शनाखत भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्। शवको सनाखत हुन नसकेपछि मकवानपुर प्रहरीले संचारमाध्यममा शवको शनाखतका लाागि  अनुरोध गरेको थियो।

शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको र शनाखत भइसकेकोले बाकी प्रकृया अघि बढने प्रहरीले जनाएको छ।  शव शनिबार (आज)बिहान कोलोनिको छोउमा फेला परेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*