सर्वदलीय बैठकबाट बाहिरिए कांग्रेस सभापति देउवा

काठमाडौं / प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति बाहिरिएका छन् ।
पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका थिए ।
बैठकमा उपस्थित भएका सभापति देउवा केहिबेर बसेर लिखित धारणा राख्दै बैठकबाट बाहिरीएको स्रोतले जानकारी दिएको छ ।
सर्वदलिय बैठक बसेको केही बेरमा नै सर्वदलिय बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकमा भएका पछिल्लो घटनाक्रमको बारेमा छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो अवस्थाबारे बैठकमा विफ्रिङ्ग गरेका थिए ।