हेटौंडा ४ मा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

हेटौंडा टुडे
२७ मंसिर २०७७, शनिबार १७:२५

हेटौंडा ।  नेपाल रेडक्रस सोसाइटी, हेटौंडा उपशाखा तथा लायन्स क्लब अफ हेटौंडा सुर्योदय परिवारको आयोजनामा हेटौंडा ४ बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी, हेटौंडा उपशाखाका सभापति शिबहरि दाहालको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य माननीय जुनेली श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, लायन्स क्लबका डिस्ट्रीक गभर्नर शम्भु नकर्मी, क्याबिनेट सचिब टासी डोल्मा तुम्बाहाम्फे, एरिया प्रमुख अंकिता सुमार्गी, रिजन प्रमुख किशोर टन्डन, किशन घिसिङ्ग, प्रकाश सुवेदी, अरुण बर्तौला, भिम भुजेल, सुदिप नेपाल, नेरेसो हेटौंडा उपशाखाका पुर्व सभापति चेतप्रसाद पौडेल, पुर्व उपसभापति हरिप्रसाद रिजाल, भुबनेश्वर सेवा समितीका अध्यक्ष गणेश कठायत,नेपाल बुद्दिचाल संघका केन्द्रिय सचिब धरम लामा, हेटौंडा उपमहानगरपालिका खेलकुद बिकास समितिका अध्यक्ष चन्द्र शाही, समाजसेवि भवानी शर्मा, युवा अभियान्ताहरु नरेन्द्र भन्डारी, कृष्ण लामिछाने, बिश्व राइ, समिम खान लगाएतकाको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन लाग्नुहुने रेडक्रस उपशाखाको सबै टिम, युवा रेडक्रस सर्कल तथा लायन्स अफ हेटौंडा सुर्योदय परिवारलाई हार्दिक धन्यवाद छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*