मकवानपुर क्याम्पसमा स्नातक तह प्रथम र दोस्रोको पठनपाठन भोलिबाट सुरु

हेटौंडा टुडे
३० मंसिर २०७७, मंगलवार २०:१८

हेटौंडा/मकवानपुर बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम र दोस्रो वर्षको कक्षा पुस १ गते (भोलि)बाट सञ्चालनमा आउने भएको छ ।    क्याम्पस प्रशासनले एक सुचना जारि गर्दै भोलिबाट कक्षा सञ्चालन हुने जानकारि दिईएको हो ।

विश्वब्यापि महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण रोकिएको पठनपाठन भोलिबाट संचालनमा आउने सुचनामा उल्लेख गरिएको छ ।

महामारीको समयमा अनलाइनबाट सञ्चालन हुँदै आएको कक्षाहरु अब बाट नेपाल सरकारको स्वास्थ सतर्कता अपनाई अनिवार्य माक्स लगाई कक्षा सञ्चालन हुने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*