
हेटौंडा/हेटौंडा उपमहानगरपालिका १३ मजुवामा नेकपा तथा राप्रपाका अग्रज स्थानीय नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् ।
केही शाताअघि कांग्रेसमा प्रवेश गरेका मजुवाका नवप्रवेशीहरुले मंगलबार कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँलाई राखेको स्वागत कार्यक्रममा नेकपा र राप्रपाका ५७ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
केही समयअघि कांग्रेसमा प्रवेश गरेका आइमान लामा, आशिष थापालगायत नवप्रवेशीहरुले संयोजन गरेको स्वागत कार्यक्रममा नवप्रवेशीहरुलाई नेता बानियाँले टिका तथा सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
त्यसैगरी नेता बानियाँले हेटौंडा १३ मा बन्न लागेको भ्यु टावर र पदमपोखरी मिलनचोकमा निर्माण भैरहेको मरणघाटको अनुगमन गर्नुभएको थियो । नेता बानियाँले उक्त निर्माणमा रकम अभाव भएमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेसका जिल्ला सदस्य एवं तरुण विभाग प्रमूख अर्जुन तिवारी, प्रतिनिधिसभा २ खका क्षेत्रीय सभापति लोक मुक्तान, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेपाल तामाङ संघका जिल्ला अध्यक्ष चम्फुरत्न लामा, राजकुमार लामालगायतको उपस्थिति रहेको थियो ।