
हेटौंडा/इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लिले हेटौंडाको २ स्थानमा काउन्टर विस्तार गरेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ हटिया र वडा नम्वर १३ पदमपोखरीमा काउन्टर क्लासिक सेन्टरको उद्घाटन गरिएको छ ।
वडा नम्वर १३ का वडाअध्यक्ष मनोजकुमार वाइवा र हेटौंडा १७ की वडासदस्य कृष्णमाया खुलालले रिबन काटेर काउन्टर क्यासिक सेन्टरको मंगलवार उद्घाटन गरेका छन् ।
ग्रामिण क्षेत्रमा सेवा विस्तार गर्ने उदेश्यका साथ सेवा बिक्रि वितरण तथा रिचार्ज लगायतको कार्य संचालन हुने गरी काउन्टर विस्तार गरिएको क्यालिस टेकका हेटौंडा शाखा प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिएका छन् ।


सेयर गर्नुहोस्