काठमाडौं/पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले संसद विघटनको निर्णयलाई प्रतिगमनको संज्ञा दिएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक निर्णयविरुद्ध प्रगतिशिल शक्ति एकजुट हुनुपर्ने बताए ।
संसद विघटनको सिफारिसपछि डा=भट्टराईले भने–‘यो विलकुल गलत भयो, लोकतन्त्र विरोधी हर्कत भयो । हामीले अहिलेको यो व्यवस्थालाई विगतको संसदीय व्यबस्था भन्दा माथि ठानेका थियौं । पुरानै इतिहास दोहोर्याउने काम भयो ।’
संसद विघटनसँगै देश राजनीतिक संकटमा फसेको भन्दै ओलीको प्रतिगमनकारी निर्णयविरुद्ध सचेत र प्रगतिशील शक्तिले प्रतिरोध गर्नुपर्ने उनले बताए ।
सेयर गर्नुहोस्