हेटौंडा/जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ गाउँपालिकामा ३० बिगाहामा लगाईएको लागू औषध गाँजा र ५ बिगाहा अफिम खेती नष्ट गरेको छ ।
शनिवार प्रहरी निरीक्षक अविनाश अधिकारी र मातहतको कार्यालय ईलाका प्रहरी मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठको कमाण्डमा संयुक्त रुपमा खटिएको ६० जना प्रहरी टोलीले गाँजा र अफिम खेती नष्ट गरिएको हो ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ३ र ४ को लावती, लाङती, आले र तर्सिकोट लगायत स्थानहरुमा ३० बिगाहा लागुऔषध गाँजा
खेती र ५ बिगाहा लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।
सेयर गर्नुहोस्