काठमाडौं/नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल गृहमन्त्री रामबहादुर थापालाई भेट्न फेरि पुल्चोक पुगेका छन् ।
दाहाल मंगलबार बिहान पुल्चोक पुगेर फर्किएका हुन् । भेटमा दाहालले थापासित साथ मागेको बताइएको छ ।
यसअघि, दाहाल सोमबार पनि थापालाई भेट्न पुल्चोक पुगेका थिए ।नेकपा सचिवालय सदस्यसमेत रहेका थापाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष दाहाल समूह दुवैले डाकेको बैठकमा नजाने बताइसकेका छन् ।
गृहमन्त्री थापाले आफू अन्तिमसम्म पनि पार्टी एकताकै पक्षमा रहने बताउँदै आएका छन् ।
सेयर गर्नुहोस्