मेरो ध्यान नयाँ सरकार गठन गर्नेतर्फ हुन्छ – प्रचण्ड

टुडे संवादाता
८ पुष २०७७, बुधबार १६:२१

काठमाडौँ /नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नयाँ सरकार गठन गर्नेतिर हुने बताएका छन् ।आज बसेको प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चयन गरेपछि मिडियासँग कुरा गर्दै प्रचण्डले निकै ठूलो चुनौतीको समयमा यो जिम्मेवारी पाएको बताउदै यो प्रतिनिधि सभालाई जीवन्त राख्ने आफ्नो प्रयास हुने बताए ।

उनले भने, ‘मैले नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नेमा मैले मैले प्रयत्न गर्नेछु । मलाई विश्वास छ नेपाली जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै, सबै माननीय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न मैले सबै तागत लगाउनेछु ।’

प्रचण्डले संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि बताए ।प्रचण्ड-नेपाल पक्षले मंगलबारमात्रै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको थियो भने आज संसदीय दलको नेताबाट पनि हटाएको हो ।

प्रचण्ड-नेपाल पक्षको आजको संसदीय दलको बैठकमा ९३ जना प्रतिनिधि सभाका सदस्यले हस्ताक्षर गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*