राणाकालमा भीमफेदीदेखि काठमाडौंसम्म गाडी बोक्ने थाहानगरका घलानको निधन

टुडे संवादाता
८ पुष २०७७, बुधबार १६:५८

हेटौंडा/राणाकालिन समयमा भीमफेदीबाट काठमाडौं सम्म गाडी बोकेर पु¥याउनेमध्येका एक हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका–५ पुरन्डीका बासिन्दा घलानको ९१ वर्षको उमेरमा मंगलबार (हिजो) राति निधन भएको हो ।

पक्षघात रोगबाट पीडित उनी पछिल्लो समय आफन्तको सहारामा भित्रबाहिर गर्थे । राणाकालदेखि नै भीमफेदीबाट गाडी बोकेर काठमाडौं र्पुयाउनेहरूमध्ये पछिल्लो समय उनी मात्र जीवित थिए । अरूको यसअघि नै निधन भइसकेको छ । त्यति बेला यसै क्षेत्रका केही बासिन्दाले मात्र गाडी बोक्थे ।

बिरामी र बुढ्यौलीका कारण घलान ७–८ वर्षयता घर छाडेर टाढा जान सकेका थिएनन् । पछिल्लो समय पक्षघातसँगै दुवै घुँडा दुख्ने समस्या थियो । ‘आफूसँग गाडी बोक्नेहरू सबै मरिसके, अब म मात्र बाँकी छु,’ उनी भन्थे । सँगै गाडी बोक्ने छिमेकी जुक्तबहादुर वाइबाको मृत्यु भएपछि एक्लो महसुस भएको घलान सुनाउँथे । वाइबाको तीन वर्षअघि मृत्यु भएको थियो ।

घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । उनलाई मार्खुका नाइकेले यो काममा लगाएका थिए । घलानले लगातार २५ वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं र्पुयाए । त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । ‘अहिले गाडीले मान्छे बोक्छ । त्यति बेला मान्छेले गाडी बोक्थे,’ घलान भन्ने गर्थे । उनका अनुसार आफूहरूले गाडी बोकेर काठमाडौं र्पुयाएको सुनाउँदा नयाँ पुस्ताले पत्याउँदैनथ्यो । ‘गाडी पनि बोक्न सकिन्छ र भन्दै नातिनातिना उल्टै जिस्क्याउँथे,’ उनी भन्थे ।

घलानका अनुसार आफू बलियो र अग्लो भएका कारण नाइकेले उनलाई सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे । सु?मा उनले ३२ जनाको टोलीमा साना गाडी बोकेका थिए । सात दिनमै गाडी बोकेर काठमाडौं र्पुयाएबापत उनको टोलीलाई राणाहरूले २० ?पैयाँ बक्सिस दिएका थिए । घलानका दुई छोरा र तीन छोरी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*