जेसिआई हेटौंडाको अध्यक्षमा दाहालको उम्मेदवारी घोषणा

टुडे संवादाता
८ पुष २०७७, बुधबार १७:०७

हेटौंडा /सन्  २०२१ को लागि जेसिआई हेटौंडाको अध्यक्षमा सुधिर दाहालले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् । बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

२०११ मा जेसिसमा प्रवेश गरेका दाहाल सन् २०१३ मा उपाध्यक्ष, २०१४ मा सचिव, २०१५ मा कोषाध्यक्ष र २०१८ मा कार्यकारिणी उपाध्यक्ष भईसकेका छन् । उनी विभिन्न कालखण्डमा कार्यक्रमका संयोजक रहि कार्यसम्पादन गरिसकेका छन् । दाहालले आफ्नो उम्मेदवारी संगसगैं कार्यकारिणी उपाध्यक्षमा छतेन्द्र आचार्य र पुष्पराज पुडासैनी, उपाध्यक्षमा अमित आचार्य र सुनिल सुवेदीको उम्मेदवारी रहेको छ ।

१४१ जना जेसिस सदस्य रहेको संस्थालाई दाहालले पार्टी संगठनको दबदबाबाट बाहिर ल्याई सामाजिक संस्थाको रुपमा खडा गर्ने, सचिवालय व्यवस्थित गरिने र चाकडी गर्ने प्रथा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरे । दाहालले गत वर्ष पनि अध्यक्षको उम्मेदवारी दिएका थिए तर एक पल्ट साथीहरुको लागि छोडिएको बताए । चुनावी कार्यक्रम यहि १० र ११ गते हुदैंछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*