शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि

टुडे संवादाता
१० पुष २०७७, शुक्रबार ११:३१

काठमाडौं/शुक्रवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

शुक्रवार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

 

यस दिन तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार, बिहीवार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ८० रुपैयाँ कायम भएको छ ।

 

अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*