काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेको छ ।
शुक्रबार बिहान संसद् विघटनविरुद्ध प्रदर्शन गरिएको हो । प्रदर्शनमा उत्रिएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरुले अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको नेकपा नै आधिकारिक भएको दाबी गरे । देशभर पार्टीको मूल स्वरुपमा कुनै परिवर्तन नभएको उनीहरुको भनाइ छ ।
संसद् विघटनपछि नेकपा दुई समूहमा देखिएको छ । दुवै समूहले आफू आधिकारिक भएको दाबी गरिरहेका छन् । दिनहुँ प्रदर्शन पनि भइरहेको छ ।
सेयर गर्नुहोस्