हेटौंडा १९ नेवारपानीमा बोलेरो जीप दुर्घटना,९ जना घाइते

टुडे संवादाता
१० पुष २०७७, शुक्रबार १७:१८

हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित नेवारपानीमा बोलेरो जीप दुर्घटना भएको छ । हेटौंडाबाट राक्सिराङ गाउँपलिका वडा नम्बर १ ठूलो भाबर जाँदै गरेको ग १ ज ७२८९ नम्बरको बोलेरो जीप आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरु मध्ये २ जना सामान्य र ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरु सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको विवरण भने आउँन बाँकी रहेको र घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*