हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित सर्वोत्तम संचिती बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारण सभा शनिबारबाट सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रामबहादुर बस्नेतको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडामा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।कोरोना भाईरस संङक्रमणका कारण सहकारी विभागको निर्देशन बमोजिम पुष ४ गते देखि ११ गतेसम्म साधारण सभा संञ्चालन गरीएको अध्यक्ष बस्नेतले बताउनुभयो । संस्थाले उत्कृष्ठ बचतकर्ता र असल ऋणी लाई सम्मान गरेको थियो ।
संस्थाले शेयर धनी लाई आत्मानिर्भर बन्न व्यवसायिक ऋण,घरायसी ऋण, शैक्षिक ऋण र विभिन्न उद्देश्यका लागि धितो जमानत उपलब्ध गराएको थियो ।
कोरोना भाइरस महामारीमा संस्थाले शेयर सदस्यहरुलाई गत चैत्र देखि भदौ सम्म आफ्नो पाकेको ब्याजमा १५ प्रतिशत छुट गराएको छ । ५ सय ३८ जना ऋणी संस्थामा रहेको उक्त संस्थामा ३१ लाख ५६ हजार ९ सय ५ रुपैंया ब्याज प्राप्त भएको छ । त्यस्तै ऋण असुलीमा ९४ लाख ५३ हजार ८ सय ७२ रुपैंया भएको छ ।
आफ्नै उत्पादनको परिधिमा आत्मानिर्भर बनाउने उद्देश्यका साथ अगाडि बढेको यस संस्थाले शुद्ध तोरीको तेल घरायसी सामानहरु सर्वोतम मिठो,जौको सातु ,कोदोको पिठो ,चनाको सातु ,फपरको पिठो ,मकैको च्याख्ला साथै अन्य समूहगत उत्पादनले सहकारीका शेयर सदस्यलाई रोजगारी प्रदान गरेको छ ।