नारायणी बहुउद्देशयीय सहकारीको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव तेस्रो दिन रक्तदान कार्यक्रम सम्पन्न

टुडे संवादाता
११ पुष २०७७, शनिबार १६:०३

हेटौंडा/हेटौंडा ९ स्थित नारायणी बहुउद्देशयीय सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा तथा रजत महोत्सव कार्यक्रम अन्र्तगत शनिबार रक्तदान तथा जेष्ठ नागरीक सम्मान भएको छ ।

संस्थाले रजत महोत्सव तथा वार्षिक साधारण सभाको कार्यक्रमको तेस्रो दिन शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका थिए । यस्तै संस्थाले वडा नम्बर ९ मा रहेका १३ जना बृद्धबृद्धालाई दोसल्ला ,मह र नगद एक हजार सहित सम्मान गरेको हो ।

संस्थाले पुर्व समिति र ब्यबस्थापकहरुलाई समेत सम्मान गरेको थियो । संस्थाका अध्यक्ष रामहरी न्यौपानैको सभाध्यक्षतामा भएको कार्यक्रममा सविधान सभा सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*