सिर्जनशील समाज साकोसको १४ औं वार्षिक साधारण सभा समापन

हेटौंडा टुडे
११ पुष २०७७, शनिबार २१:०३

हेटौंडा/ सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शनिबार समापन भएको छ । ९ गतेबाट सुरु भएको सभा आज समापन गरिएको हो ।

कार्यक्रममा संस्थाले एकैदिन एकाघरका नयाँ सदस्य ६ जनालाई सम्मान गरेको छ । सोही अवसरमा अधिक शेयर खरिद गर्ने गंगा दुलाल, अधिक बाल बचत गर्ने सभ्य पुडासैनी, अधिक मासिक बचत गर्ने रामप्रसाद दाहाल, ऐच्छिक बचतकर्ता हरिप्रसाद चौलागाई, असल ऋणी कमल ढुङ्गाना, उद्यमशील ऋणी चुन्द्रीमाया पाख्रिन जेष्ठ शेयर सदस्य सावित्री स्वाँर र कर्मचारी लेखापाल नविना राउत लाई सम्मान गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यतामा भएको सभा संस्थाका अध्यक्ष कृष्ण बहादुर विडारीको सभाध्यक्षता रहेको थियो ।कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष रामप्रसाद तिमल्सिना, पुर्व अध्यक्ष राजकुमार चौलागाई,वडा सदस्य सन्तु थिङ, शहिद रुद्रस्मृति सामुदायिक स्वास्थ्य ईकाइ प्रमुख लक्ष्मण दाहाल, संस्थाका उपाध्यक्ष इन्द्र प्रसाद चौलागाई , कालीदेवी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष अर्जुन प्रसाद सापकोटा, संस्थाका संस्थापक अध्यक्ष हरिशरण पुडासैनी,पुर्व अध्यक्ष रामबहादुर लोप्चन, सत्रुधन दुलाल लगायतको अतिथ्यता रहेको थियो ।
सहकारीले आफ्ना शेयर सदस्यलाई २ करोड १० लाख ३३ हजार लगानी गरेको छ भने २ करोड ५२ लाख बचत निक्षेप रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*