प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

टुडे संवादाता
१२ पुष २०७७, आईतवार १२:१३

काठमाडौं /प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आईतवार आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । दाहाल-संसद बिघटन नेपाल पक्षका सांसदहरुले राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।
अविश्वासको प्रस्तावमा प्रस्तावक निवर्तमान अर्थमन्त्री इन्द्र आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् ।अविश्वासको प्रस्तावमा करीब ३६ सांसदले हस्ताक्षर गरेका छन्। उनीहरुले नेकपा स्थायी कमिटी सदस्य तथा प्रदेश कमिटी इन्चार्ज भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गरेका छन्।नेकपाका ६७ सांसदमध्ये ४० जना दाहाल–नेपाल समूहमा खुलेका छन् भने २२ जना ओली समूहमा छन्। चार जना अझै खुलिसकेका छैनन् ।

अविश्वासको प्रस्ताव पारित हुन दाहाल-नेपाल समूहलाई कांग्रेस सांसदको समेत साथ चाहिन्छ।

यसै बिच  आज बिहान प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेसँगै दाहाल-नेपाल पक्षले अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेको थियो ।

केन्द्रमा केपी ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी दुई गुटमा विभाजित हुँदा यसको असर प्रदेशमा समेत देखिएको हो । मुख्यमन्त्री राईले आफूविरुद्ध लागेर पुष्पकमल दाहाल प्रचण्ड समूहलाई सहयोग गरेको भन्दै हिजो आङ्बोलाई हटाउनुभएको हो ।

प्रदेश १ का मुख्यमन्त्री राई नेकपा ओली समूहमा हुनुहुन्छ भने भिम आचार्य र इन्द्रबहादुर आङ्बो दाहाल-नेपाल समूहमा हुनुहुन्छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*