
हेटौँडा/जनता समाजवादी पार्टी मकवानपुरले आईतवार हेटौँडामा विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीले गरेको संसद विघटन असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको भन्दै जसपा मकवानपुरले विरोध प्रदर्शन गरेको हो ।
आईतवार (आज) दिउँसो जसपाको पार्टी कार्यालय हेटौँडाको हुप्रचौरबाट निस्केको र्याली थाहा चोक, ओमहल चोक, शितल महल, मेनरोड, सिमाचोक हुँदै बुद्ध चोकमा आएर सभामा परिणत भएको थियो ।
र्यालीमा जसपाका केन्द्रिय नेताहरु सोनाम सिं स्याङ्तान, राजु नेपाल, बिद्युत बज्राचार्य, सोबिन थिङलगायत प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
र्यालीमा केपीको असंवैधानिक कदम खारेज गर, निरंकुश ओली सरकार मुर्दाबाद, बिर शहिद अमर रहुन्, रेशम चौधरीलगायतका राजबन्दी रिहा गर, हाम्रो आन्दोलन जारी छ लगायतका नाराबाजी गरेका थिए ।
सेयर गर्नुहोस्