मकवानपुरगढी दरवार प्रवेश गर्ने पश्चिम सडकको ढलान निमार्ण कार्य आज बाट सुरु

हेटौंडा टुडे
१२ पुष २०७७, आईतवार २०:३१

हेटौँडा/ मकवानपुरगढी गाउपालिका वडा नम्बर २ मा रहेको  ऐतिहासिक  मकवानपुरगढी दरवार      प्रवेश गर्ने  पश्चिमी सडक खण्डको ढलान निमार्ण कार्य आईतवार (आज) बाट सुरु भएको छ ।  १ हप्तामा सकिने गरि सुरू भएको सडक ढलानको ५ मिटर चौडा र ७०० मिटर लम्बाई रहेेेेको छ ।सडक ढलान  कार्य  आर.बी  बिल्डर्सले निर्माण गर्न लागेेेको हो । सो सडक निमार्ण कार्यमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष बखानसिह पाख्रिन वडा सदस्य राम प्रसाद पुडासैनि , गाउँ पालिका प्राबिधिक बिष्णु ढुगांना र आर.बि बिल्डर्सका प्राबिधिक तथा कर्मचारी को उपस्तिथि थियो । सडक निमार्ण कार्य पश्चात ऐतिहासिक गढी दरवारको पश्चिम गेटबाट प्रबेशको लागि आन्तरिक तथा बाह्य पर्यटनको लागि आवत जावतमा सजिलो हुने गढि २ वडा अध्यक्ष बखानसिह पाख्रिनले हेटाैैंडा टुडेेलाई बताउनुुुुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*