अनलाईन घटना दर्ता कार्य बकैया गांउपालिकामा पनि सुरु

हेटौडा टुडे
१२ पुष २०७७, आईतवार २१:२६

हेटौंडा । बकैया गाउँपालिकामा अनलाइन घटना दर्ता कार्य सुरु गरिएको छ  ।  बकैया गाउँपालिका अनलाइनबाट घटना दर्ता गर्ने मकवानपुरको दोस्रो स्थानीय तह हो । यसअघि मकवानपुरगढी गाउँपालिकाले जिल्लामै पहिलो पटक अनलाइनबाट घटना दर्ता गर्न सुरु गरेको थियो । बकैयाको–४ नम्बर वडा कार्यालयबाट अनलाइन मार्फत व्यक्तिगत घटना दर्ताको काम सुरु गरिएको हो ।

बकैयाका १२ वटा वडामध्ये पहिलो पटक ४ नम्बर वडाबाट अनलाईन मार्फत घटना दर्ता सुरु गरिएको हो । अब ४ नम्बर वडाबासीले अनलाइनबाट जन्म दर्ता, विवाह दर्ता,मृत्यु दर्ता र व्यक्तिगत घटना दर्ताका प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आइतबार सेवाग्राहीहरुलाई गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, ४ नम्बरका वडाध्यक्ष राजन दंगाल, वडा सचिव प्रमिला पौडेल र पञ्जिकरण ईकाइ प्रमुख गौतमले संयुक्त रुपमा अनलाईन मार्फत विवाह दर्ता र जन्मदर्ताको प्रमाणपत्र प्रदान गरी सेवा सुरु गरेका हुन् ।
गाउँपालिका अध्यक्ष खनालले तत्काल १२ वटै वडाबाट घटना दर्ता अनलाइनबाट गर्ने र वडा नम्बर ३, ५, ६ र ७ मा एक हप्ताभित्रै अनलाईन मार्फत व्यक्तिगत घटना दर्ताको सुरुवात गरिने गाउँपालिका अध्यक्ष खनालले जानकारि गराउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*