हेटौंडा/नारी सीप सृजना केन्द्र नेपालले सोमवार राक्सिराङ गाउँपालिकाका मौरी पालक किसानलाई घार वितरण गरको छ ।
सोमवार एक कार्यक्रमका बिच नारी सीप सृजना केन्द्र नेपालकी अध्यक्ष सरस्वती बर्तौला,राष्ट्रिय समावेशी आयोगका कार्यकारी अध्यक्ष विष्णु ओझाले किसानलाई घार वितरण गरेका हुन् ।
मानव बेचबिखन तथा असुरक्षित स्थानागमन सम्बन्धि लड्न सक्ने ज्ञान,सीप र साधनको पहुँचमा वृद्धि गर्ने मुल उदेश्यका साथ केन्द्रले ए डब्लु ओ सँगको साझेदारिमा राक्सिराङ गाउँपालिकाका ३० जना किसानहरुलाई ५ दिने मौरी पालन तालिम दिईएको थियो । तालिम पश्चात २ समुहमा गरेर २० ओटा घार वितरण गरिएको हो ।
राक्सिराङ गाउँपालिका वडा नम्बर ३ मा १२ घार त्यस्तै ४र ५ मा ८ वटा घार वितरण गरेको छ ।
यसअघि राक्सिराङ गाउँपालिकामा केन्द्रले २२ जना किसानलाई कुखुरापालन र बाख्रा पालन तालिम दिईएको थियो । तालिम पश्चात् किसानलाई २० ओटा लोकल चल्ला र २ ओटा बोयर जातका बोका वितरण गरेको थियो ।
यसैबिच केन्द्रले राक्सिराङ गाउँपालिकालाई स्वास्थ सामाग्री सहयोग गरेको गरेको छ ।कोरोना भाईरस कोभिड १९ को जोखिम कायमै रहेकोले गाउँपालिकालाई स्वास्थ सामग्री सहयोग गरेको हो ।
गाउँपालिकालाई केन्द्रले २० पाकेट माक्स , ५ लिटर स्यानिटाईजर र पन्जाहरु गाउँपालिकाका प्रमुख प्रशासकिय अघिकृत युवराज आचार्यलाई हस्तान्तरण गरिएको छ ।
त्यकेन्द्रले राक्सिराङ गाउँपालिकालाई स्वास्थ सामाग्री सहयोग
त्यस्तै मकवानपुरमा मानव बेचबिखन रोकथाम तथा सुरक्षित स्थानागमन प्रर्वद्वन परियोजना अन्र्तगत राक्सिराङ गाउँपालिकामा सरोकारवालाहरसँग समन्वय तथा छलफल कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
नारि सीप सृजना केन्द्र नेपालकी अध्यक्ष सरस्वती बर्तौलाको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा राष्ट्रिय समावेशी आयोगका कार्यकारी अध्यक्ष बिष्णु ओझा रहेको थियो ।
गाउँपालिकाले सामाजिक संस्थाहरु सँग समन्वय गरेर गरिब,सिमान्तकृत कमजोर अवस्थाका महिला ,पुरुष,युवाहरुलाई तालिम प्रदान गरी सिपको पहुँचमा बृद्धि त्यस्तै विद्यार्थीहरुलाई छात्रबृद्धि प्रद्धान गरेको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत युवराज आचार्यले बताउनुभयो ।
छलफल कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अघिकृत युवराज आचार्य ,शिक्षा शाखा अधिकृत प्रदिप पराजुली ,सामाजिक शाखा अधिकृत गोबिन्द प्रसाद अधिकारी ,पत्रकार बगमती प्रदेशका उपाध्यक्ष सम्झना कार्की, कानुनी सहजकर्ता,प्रहरी स्थानिय लगाएतको उपस्थिती रहेको थियो ।