अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस् : गगन थापा

टुडे संवादाता
१४ पुष २०७७, मंगलवार १२:३०

काठमाडाैं /प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेपालगञ्जमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा विगतमा संसद भंग गरेका प्रधानमन्त्रीहरूले राजीनामा दिएको उल्लेख गर्दै नेता थापाले यस्ताे बताएका हुन् । प्रधानमन्त्री ओलीकाे संसद विघटनकाे कदमकाे आलोचना गर्दै सांसद थापाले संसदकाे सामना गर्न नसकेर प्रधानमन्त्री कायरझै भागेकाे आरोप समेत लगाए ।

उनले भने, ‘ संसदमा अविश्वास प्रस्ताव फेस गर्न नसक्ने अवस्थापछि प्रधानमन्त्रीले प्रतिनिधि सभा नै भंग गर्नुभएकाे हाे । जो संसदको सामना गर्न नसकेर कायरजस्तो भागेको छ ऊ सडकमा क्रान्तिकारीजस्तो देखिएको छ ।’

यस्तै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले जालझेल गरी असंवैधानिक कार्य गरेकाे समेत बताए ।  यस विषयमा अदालतले न्याय दिनुपर्ने उनकाे भनाइ छ । ‘अदालतको चार किल्लाभित्र न्याय र विवेकको हत्या नहोस् ।’

कांग्रेसका सभापति शेरबहादुर देउवाले भने अदालतले जे फैसला गरेपनि अदालतकाे निर्णय मान्ने बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*