मंगलवार हेटौंडामा च्याउ ब्यवसायी संघको जिल्ला भेला सम्पन्न

टुडे संवादाता
१४ पुष २०७७, मंगलवार १७:५०

हेटौंडा/च्याउ ब्यवसायी संघको जिल्ला भेला मंगलवार हेटौंडा सम्पन्न भएको छ । जिल्ला च्याउ उत्पादन किसान संघका केन्द्रय उपाध्यक्ष देविमाया श्रेष्ठको सभाध्यक्षतामा भेला सम्पन्न भएको हो ।
भेलामा एक वर्षभरी गरीएका कामको समीक्षा,बजारको समस्या,बजार अभाव र प्रथम राष्ट्रिय च्याउ दिवस मनाउने विषयमा छलफल भएको छ ।
च्याउ सबैले रुचाउने तरकारी मध्य एक तर यही च्याउलाई कृषि समस्या,अनुदानको घेरामा नपारेको अध्यक्ष नवराज ढकालले गुनासो गरेका छन् ।
भेलाबाट प्रथम राष्ट्रिय च्याउ दिवसको अवसरमा कार्यक्रम गर्ने तय भएको छ । पुष १५ अर्थात राष्ट्रिय च्याउ दिवसमा च्याउ ब्यवसायीहरुले जिल्ला कृषि विकास निर्देशनालयमा कार्यक्रम गर्ने भएको हो । कार्यक्रममा बागमती प्रदेशका भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्री दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहनेछ ।
भेलामा जिल्ला च्याउ उत्पादन किसान संघका अध्यक्ष नवराज ढकाल,उपाध्यक्ष राधिका थापा क्षेत्री,सचिव उमेश गौतम,सहसचिव प्रकाश श्रेष्ठ लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*