हेटौंडामा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले दार्जलिङकी गायीका ग्याल्मोलाई पुरस्कार सहित सम्मान गर्दै

टुडे संवादाता
१५ पुष २०७७, बुधबार १७:४६

हेटौँडा/कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी ममतामयी आमाको नामबाट स्थापना गर्नु भएको “बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कारबाट यो बर्ष भारत दाजर्लिङ निवासी वरिष्ठ गायिका दाबा ल्याल्मोज्यूलाई प्रदान गरीने भएको छ । श्रेष्ठ हेटौँडाका कुशल व्यवसायी, सङ्गीतप्रेमी,समाजसेवी हुन् ।  बुधबार हेटौडामा आयोजित पत्रकार सम्मेलन मार्फत प्रतिठानले यो बर्षको पुरस्कार घोषणा गरेको हो ।

विसं २०६४ सालमा स्थापना भएको नगद १ लाख राशिको यो पुरस्कारबाट यसअघि अम्बर गुरुङ–२०६४,प्रेमध्वज प्रधान–२०६५,भक्तराज आचार्य–२०६६,फत्तेमान राजभण्डारी–२०६७,शान्ति ठटाल–२०६८,प्रकाश श्रेष्ठ–२०६९,दीप श्रेष्ठ–२०७०,न्हुच्छे बहादुर डंगोल २०७१ (नाट्यश्वर संगीत प्रशिक्षण केन्द्र),मीरा राणा–२०७२,कर्म योञ्जन–२०७३ र चेतन कार्की–२०७४ लाई प्रदान गरीएको थियो ।

बरिष्ठत्तमका आधारमा नेपाल र नेपाल बाहिर रहेर सङ्गीत क्षेत्रमा लागेका बरिष्ठ गायक गायिकाहरुलाई हरेक बर्ष यो पुरस्कार प्रदान गरीदै आएको छ । गत बर्ष कोरोना भाईरसका कारण र २०७५ मा प्रबिधिक कारण पुरस्कार बितरण गर्न नसकिएको प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यले बताउनु भयो । यो बर्षको पुरस्कार आगामी माघ १७ गते शनिवारका दिन रिगल हेटौँडा रिसोर्टमा विशेष साङ्गीतिक कार्यक्रमका साथ १२ औँ संस्करण गरीने अध्यक्ष आचार्यले पत्रकार सम्मेलनमा बताउनु भयो । साथै यसै बर्षदेखी समारोहमा प्रतिष्ठानले पहिलोपटक रु। २० हजार राशिको भीम विराग सङ्गीत युवा पुरस्कार २०७७ दक्षिण एसियाकै पहिलो महिलाहरूको साङ्गीतिक समूह हार्मोनीः महिला गायन समूह पोखरालाई प्रदान गर्ने बताएको छ ।

भीम विराग सङ्गीत युवा पुरस्कारलाई प्रतिष्ठानका सल्लाहाकार प्रकाश सायमीले यसै बर्षबाट स्थापना गर्नु भएको हो । पत्रकार सम्मेलनमा प्रतिष्ठानका पूर्व अध्यक्ष तुलसी थापा,पुर्ब माहासचिब शुसिला मानन्धर,समाजसेबी मुक्तीगोबिन्ध बैध्य,उपाध्यक्ष विष्णुगोपाल महर्जन,मउबासंघका बरिष्ठ उपाध्यक्ष माधब नयौपाने लगाएत विभिन्न संचार माध्याममा कार्यरत संचारकर्मीहरुको सहभागीता रहेको थियो । वरिष्ठ कला साधक,कवि एवम् गीतकार भीम विरागको बहुआयामिक व्यक्तित्वप्रति सम्मान स्वरूप, भाषा,साहित्य र कला क्षेत्रको संरक्षण एवम् संवर्धन गर्ने उद्देश्यका साथ बिसं २०५९ सालमा भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपालको स्थापना भएको थियो । प्रतिष्ठानले स्थापना कालदेखि हालसम्म साहित्य, सङ्गीत, साँस्कृतिक र कलाका क्षेत्रमा १० वटा पुरस्कारको व्यवस्थापन गर्दै आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*