हेटौंडामामा आजबाट दुई दिने उत्पादन मुलक तालिम सुरु

हेटौंडा टुडे
१५ पुष २०७७, बुधबार १८:४८

हेटौंडा । उद्योग वाणिज्य संघ मकवानपुरमा बुधबार जाम, चिप्स तथा दालमोठ उत्पादन सम्बन्धी तालिम शुरु भएको छ । महिला उद्यमी विकास समितिका सभापति नीलम बैद्यको सभापतित्व र तथा मउवासंघका उपाध्यक्ष राम प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो ।

तालिम उद्घाटन कार्यक्रममा बोल्न हु“दै समितिका सभापति बैद्यले महिलाहरुलाई आयमूलक कार्यतर्फ उत्प्रेरित गर्न एउटा पहलको रुपमा तालिम सञ्चालन गरेको बताउनु भयो । बैद्यल तालिम ध्यानपूर्वक सिकेर उक्त सिकाइलाई भविश्यमा कार्यान्वयनमा ल्याउन आग्रह समेत सबैमा आग्रह गर्नु भयो गर्नुभयो । कार्यक्रममा बोल्नु हुदै प्रमुख अतिथि न्यौपानेले तालिमबाट सामाग्री उत्पादन तथा बजारीकरणका लागि पनि ज्ञान प्राप्त हुनाले तालिम उपलब्धिमुलक हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुलाई मउवासंघ कार्यसमिति सदस्य प्रतिमा श्रेष्ठले स्वागत गर्नुभएको थियो । कार्यक्रम संयोजक मिनु अग्रवालले तालिममा सहभागीहरुलाई सक्रियतापूर्ण सहभागिताका लागि आग्रह गर्नुभएको थियो भने महिला उद्यमि सिता भेटवालले तालिममा सिकेको सिपबाट व्यवसाय शुरु गर्न चाहनेहरुलाई बिभिन्न ठाउबाट सहुलियतपूर्ण ऋण पनि उपलब्ध हुने बताउदै समितिले त्यसका लागि पहल तथा सहयोग गर्न तयार रहेको बताउनुभयो ।

महिला उद्यमि बिकास समितिले बेलाबेलामा महिला उद्यम प्रवद्र्धनका लागि तालिमहरु संयोजन गर्दै आइरहेको छ । जाम, चिप्स तथा दालमोठ उत्पादन तालिम पौष १५ र १६ गते गरि २ दिन सञ्चालन हुनेछ । तालिममा लियो बिजय बजगाईले शुरु दिन जाम बनाउने तालिम दिनुभएको थियो भने दालमोठ उत्पादन तालिम शिवराज कुशवाहाले दिनुहुनेछ । कार्यक्रममा महिला उद्यमि विकास समितिका पदाधिकारीहरु लगायत महिलाउद्यमिहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*