हेटौंडा/ मकवानपुर उद्योग वाणिज्य संघमा बुधबार जाम, चिप्स तथा दालमोठ उत्पादन सम्बन्धी तालिम समापन भएको छ । तालिम कार्यक्रम समापनमा संघ अन्तर्गतको महिला उद्यमी विकास समितिका सभापति नीलम बैद्यको सभापतित्व र तथा मउवासंघका उपाध्यक्ष कृष्ण कुमार अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्नुहु“दै समितिका सभापति बैद्यले महिलाहरुलाई घरमै बनाएको सामाग्री बिक्रि गरि आम्दानी गर्न सकिने बताउनुभयो । उहा“ले सानो बाट शुरु गरे एक दिन अवश्य ठुलो हुने बताउदै त्यसको लागि प्रयास जरुरी भएको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा संघका उपाध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले तालिम सिकेर घरमै शुद्ध तथा स्वच्छ रुपमा बनाएर खान तथा सानो व्यवसाय गरेर आत्म निर्भर बन्न सकिने बताउनुभयो । संघकै अर्का उपाध्यक्ष रामप्रसाद न्यौपानेले बजारीकरणका लागि मउवासंघ सहयोग गर्न तयार रहेको बताउदै व्यवहारमा उतार्न सफल रहनका लागि शुभेच्छा व्यक्त गर्नुभयो ।
तालिम पौष १५ गते शुरु भइ १६ गते बिहिवार समापन भएको हो । तालिममा हेटौडा नगर भित्रका २१ जना महिला उद्यमि सहभागी हुनुभएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरुले सहभागीहरुलाई प्रमाणपत्र तथा प्रशिक्षकहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रममा संघका कोषाध्यक्ष अनिल अग्रवाल, कासस माधव ज्ञवाली तथा महिला उद्यमि विकास समितिका पदाधिकारीहरु लगायत महिलाउद्यमिहरुको सहभागिता रहेको थियो ।